Tuesday, February 7, 2012

मोक्षः सूक्ष्म विवेचन

परशु ढकाल

संसारमा मानिसले जब जन्म लिएर आउँछ सॅंगैसॅंगै उसले मृत्युलाई पनि साथमा लिएर आएकै हुन्छ भन्ने कुरालाई मानिसले स्वीकार्नैपर्ने हुन्छ। पञ्चतत्त्व (पृथ्वी, जल, अग्नि, वायु, आकाश)-बाट निर्मित भएर आएको यो मानव चोलालाई प्रत्येक मानवले त्यही पञ्चतत्त्वमा फ्यॉंकेर जानुपर्ने यो संसारले भोग्दै आएको सत्यता हो। त्यसपछि फेरि उसले यो अपार संसारमा जन्म लिन्छ वा लिँदैन आजसम्म यस सम्बन्धमा कुनै ठोस सिद्धान्त कसैले दिनसकेको छैन। यद्यपि, धर्मशास्त्र एवं दर्शनशास्त्रले पुनर्जन्मको विश्वासलाई ठोस रूपमा प्रस्तुतगरेको छ। मानिसले मोक्ष चाहन्छ। मोक्ष भनेको फेरि भौंतारिएर यही संसारमा आउनुनपर्ने एउटै मार्ग हो भन्ने कुरा शास्त्रमा बताइएको छ। मोक्ष शब्द उच्चारण गर्नमा जति सरल छ यसको व्याख्यान गर्न साथै यसलाई प्राप्त गर्न अवश्य त्यति सहज छैन। धेरै साधना, धेरै दुःखको पहाड नाघेर अनि नियम, निष्ठा, अनुशासन र पवित्रतामा रहेरमात्र यो सम्भव हुन्छ भन्ने दर्शनशास्त्रतिर उल्लेख गरेको पाइन्छ।धर्म, अर्थ, काम, मोक्षमा मोक्ष अन्तिम लक्ष्य हो। यम, नियम, अभ्यास र जागरणद्वारा नै मोक्ष मार्ग पुष्ट हुँदछ। जन्म र मृत्यु झूटो हो। जगत भ्रमपूर्ण छ। ब्रह्म र मोक्ष मात्र सत्य हुन्‌। मोक्षबाटै ब्रह्म भएको हो भन्न सकिन्छ। यस अतिरिक्त स्वयंको अस्तित्वलाई कायम राख्ने कुनै उपाय छैन। ब्रह्मप्रति नै समर्पित रहनेलाई ब्राह्मण र ब्रह्म जान्नेलाई ब्रह्मर्षि र ब्रह्मलाई जानेर ब्रह्ममय हुनेलाई नै ब्रह्मलीन भनिन्छ।प्रत्येक मानिसमा रहेको आत्मा पूर्णब्रह्म परमात्माको सूक्ष्म रूप हो भने ब्रह्मलाई आत्माको स्थूल रूप मानिन्छ। वास्तवमा मानिसभित्रको सूक्ष्म आत्मा मानिसको मरणोपरान्त गएर स्थूल रूपमा मिल्नुलाई नै मोक्षको परिभाषाको रूपमा आजसम्म पाइँदै आएको छ। वास्तवमा आत्माको सूक्ष्म रूप र स्थूल रूप एकै ब्रह्म हो, जसलाई परमात्माको संज्ञा पनि दिइएको छ। परमात्माको सूक्ष्म रूप र स्थूल रूपलाई व्यष्टि-समष्टिको रूपमा विभाजन गरिएको कारण नै भ्रम उत्पन्न भएको महसुस भएको हुनसक्छ। समष्टि र व्यष्टिलाई कसरी छुट्याउन सकिन्छ भने जङ्गलमा रुखहरू समूहमा हुन्छन्‌, त्यसलाई समष्टि भनिन्छ तथा जङ्गल बाहिर एक्लो रूपमा रहेको वृक्ष भेटिए त्यसलाई व्यष्टि रूप मान्न सकिन्छ, त्यसरी नै आत्माको स्थूलरूप र सूक्ष्म रूपलाई पनि हेेर्नसकिन्छ।अझै सरल प्रकारले भन्नु हो भने कुनै घनघोर जङ्गलमा हामी पुग्छौं। जङ्गलको बीचबाट उँभो हेरौं त्यहॉं वृक्षहरूले आकाश छोपेको हुन्छ, तर पनि रुखहरूको समूहको बीचबाट अलिकति टुक्रा आकाश हामी देख्छौं त्यो मानिसभित्रको सूक्ष्मात्मा हो भने अब हामी जङ्गलबाट बाहिर निस्कौं, त्यहॉंबाट खुल्ला रूपमा हामी सम्पूर्ण (देखिए जति) आकाशलाई नियॉंल्न सक्छौं, त्यो हो पूर्ण ब्रह्म परमात्मा। यसरी के छर्लङ्ग हुन्छ भने अघि जङ्गलभित्रबाट देखिएको आकाशको टुक्रा र जङ्गल बाहिरबाट देखिएको सम्पूर्ण आकाश वास्तवमा एउटै आकाश थियो। हामीले जङ्गलभित्रबाट टुक्रा र बाहिरबाट सम्पूर्ण (देखिए जति) आकाश देख्दा यसमा विभाजन भएको जस्तो मात्र देखेका हौं।मोक्ष के हो अघि नै भनियो, सूक्ष्मात्मा गएर स्थूलात्मामा मिल्नु नै मोक्ष हो। उदाहरणका लागि- एउटा घडा छ। त्यो घडा रित्तो छ, तर त्यसभित्रको रिक्त स्थानमा आकाश (अन्तरीक्ष) व्याप्त छ। मानौं, घडाभित्रको अन्तरीक्ष सूक्ष्मात्मा हो। अब हामी त्यो घडालाई फुटाइदिउँ। अहिले घडाभित्रको आकाश (अन्तरीक्ष) कता गयो त! सोझै स्पष्ट हुन्छ, त्यो बाहिरको आकाश (अन्तरीक्ष)-मा गएर मिल्यो। बाहिरको अन्तरीक्षलाई मानौं पूर्णब्रह्म परमात्मा। यसरी स्थूलात्मामा सूक्ष्मात्मा गएर मिल्नुलाई मोक्षको रूपमा भाषित गरिएको छ शास्त्रमा।मोक्ष प्राप्त गर्नुमा यम, नियम, साधना,जागरण आदि थुप्रै कुराहरूआवश्यक छन्‌ भने ज्ञान हुनु पनि उत्तिकै आवश्यक हुन्छ। ज्ञान के हो त्यो जान्न जरुरी हुन्छ, ज्ञान भएपछि अज्ञान के हो त्यो स्वतः स्पष्ट हुन्छ। जबसम्म ज्ञान हुँदैन तबसम्म अज्ञान के हो त्यो पनि जान्नसकिन्न। ज्ञान के हो भन्ने हामीलाई धेरथोर थाहा भएकै कुरा हो, तर अज्ञान के हो भन्ने सायदै थाहा होला। अज्ञानं ज्ञातुमिच्छेद्यो, मानेनात्यन्त मूढधीः।सः तु नूनं तम पश्येद्‌ द्वीपेनोत्तममतेजसाः।।अज्ञानको विषयमा मैले पढेको थिएँ, जसले बत्ती बालेर धुइँधुइँती अन्धकार खोज्छ, त्यो नै अज्ञान हो। किनभने बत्ती बालेपछि अन्धकार स्वतः लुप्त भइहाल्छ। यसैले जबसम्म मानिसमा ज्ञान स्पष्ट रूपमा आउँदैन तबसम्म उसलाई मोक्ष प्राप्त नहोला भन्ने मेरो व्यक्तिगत अभिव्यक्ति हो। अर्कोतिर, मोक्षको कन्सेप्ट सनातन धर्मको देन हो। अब प्रश्न उठ्‌नसक्छ सनातन धर्म के हो त! जो शाश्वत छ, सधैंका निम्ति सत्य छ त्यसलाई नै सनातन भनिन्छ सायद। जस्तै सत्य सनातन हो। ईश्वर नै सत्य छ, आत्मा नै सत्य छ, मोक्ष नै सत्य छ र यो सत्यको मार्गलाई सही रूपमा बताउने धर्म सनातन धर्म पनि सत्य छ। त्यो सत्य जो अनादिकालदेखि चल्दै आइरहेछ अनि जसको कहिल्यै पनि अन्त्य हुनेछैन त्यो नै सनातन वा शाश्वत छ। जसको न त प्रारम्भ नै छ न त अन्त्य नै। त्यही सत्यलाई नै सनातन भनिएको हुनसक्छ। वैदिक वा हिन्दू धर्मलाई यसैकारण सनातन धर्म भनिन्छ, किनभने यो एकमात्र धर्म हो जसले ईश्वर, आत्मा र मोक्षलाई तत्त्व र ध्यानद्वारा जान्ने मार्ग बताउँछ। एकनिष्ठता, ध्यान, मौन तथा तपसहित यम-नियमको अभ्यास अनि जागरणको मोक्ष मार्ग हो अन्य कुनै मार्ग छैन मोक्षको। मोक्षद्वारा नै आत्मज्ञान तथा ईश्वरलाई जान्न सकिन्छ भन्ने अवधारणा पनि दह्रो रूपमा स्थापित भएको पाइन्छ।सनातन धर्मको मूल तत्व सत्य, अहिंसा, दया, क्षमा, दान, जप, तप, यम-नियम आदि हुन्‌, जसको शाश्वत महत्त्व पाइन्छ। अन्य प्रमुख धर्महरूको उदयअघि वेदमा यस्ता सिद्धान्तलाई प्रतिपादित गरिएको थियो।ॐ असतो मा सद्‌गमय, तमसो मा ज्योर्तिगमय, मृत्योर्मामृतं गमयअर्थात्‌ हे ईश्वर मलाई असत्यबाट सत्यतर्फ लिएर जाउ, अन्धकारबाट प्रकाशतर्फ लिएर जाउ। मृत्युबाट अमृततर्फ लिएर जाउ। जुन मानिसहरूले त्यस परमतत्त्व परब्रह्म परमेश्वरलाई मान्दैनन्‌ उनीहरू असत्यमा झर्दछन्‌। जसले असत्यलाई अप्नाउने गर्छन्‌ उनीहरूको जीवनको गाथा भ्रम र भड्‌काउको गाथा नै सिद्ध हुन्छ। उनीहरूले अमृत्त्व प्राप्त गर्नसक्दैनन्‌। पूर्णमद: पूर्णमिदं पूर्णात्‌ पूर्णमुदच्यते। पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यतेसत्य दुइ धातुबाट मिलेर बनेको छ सत्‌ र तत्‌। सतको अर्थ हो "यो' र तत्‌को अर्थ हो "त्यो'। दुवै सत्य हुन्‌। अहं ब्रह्मास्मी र तत्त्वमसि। अर्थात्‌ म नै ब्रह्म हुँ र तिमी नै ब्रह्म हौ। यो सम्पूर्ण जगत ब्रह्ममय छ। ब्रह्मपूर्ण छ। यो जगत्‌ पनि पूर्ण छ। पूर्ण जगत्‌को उत्पत्ति पूर्ण ब्रह्मबाट भएको छ। "नदीबाट एक गाग्री पानी उघाउँदा नदीमा कुनै फरक आउँदैन, त्यहॉं पानी जति थियो त्यति पछि पनि पाइन्छ' भन्नुको अर्थ के हो भने पूर्णब्रह्मबाट पूर्ण जगत्‌को उत्पत्ति हुँदा पनि ब्रह्मको पूर्णतामा कुनै प्रकारको न्यूनता आउँदैन। त्यो शेष रूपमा पनि पूर्ण नै रहन्छ। जो तत्व सदा, सर्वदा, निर्लेप, निरञ्जन, निर्विकार र सदैव स्वरूपमा स्थित रहन्छ त्यसलाई सनातन वा शाश्वत सत्य भनिन्छ। वेदहरूको ब्रह्म र गीताको स्थितप्रज्ञ नै शाश्वत सत्य हो। जड, प्राण, मन, आत्मा र ब्रह्म शाश्वत सत्यको श्रेणीमा आउँछन्‌। सृष्टि तथा ईश्वर (ब्रह्म) अनादि, अनन्त, सनातन र सर्वविभु छन्‌।जड पॉंच तत्त्वले दृश्यमान छ। आकाश, वायु, जल, अग्नि र पृथ्वी। यी सबै शाश्वत सत्यको श्रेणीमा पर्छन्‌। यिनीहरूले आफ्नो रूपलाई परिवर्तन गरिरहन्छन्‌ तर समाप्त हुँदैनन्‌। प्राणको पनि आफ्नो अवस्थाहरू छन्‌ प्राण, अपान, व्यान, समान र उदान । त्यसरी नै आत्माका अवस्थाहरू पनि छन्‌ः जाग्रत, स्वप्न, सुसुप्ति। ज्ञानीजन ब्रह्मलाई निर्गुण र सगुण भन्ने गर्छन्‌। उक्त सम्पूर्ण भेद तबसम्म विद्यमान रहन्छन्‌ जबसम्म आत्माले मोक्ष प्राप्त गर्दैन। ब्रह्म महाआकाश हो भने आत्मा घट आकाश हो। आत्माको मोक्ष परायण हुनु नै ब्रह्ममा लीन हुनु हो यसैकारण भनिन्छ, ब्रह्म सत्य हो, जगत मिथ्या।विज्ञानले जब प्रत्येक वस्तु, विचार र तत्वको मूल्याङ्कन गर्छ भने यस प्रक्रियामा धर्मका अनेक विश्वास र सिद्धान्त धराशायी हुन्छन्‌। विज्ञान पनि सनातन सत्यलाई भेट्टाउनमा सफल भएको छैन तर वेदान्तमा उल्लेखित जुन्‌ सनातन सत्यको महिमाको वर्णन गरिएको छ, विज्ञान बिस्तार-बिस्तार त्यससित सहमत हुँदै गरेको देखिएको छ। हाम्रा ऋषि-मुनिहरूले ध्यान र मोक्षको गहिरो अवस्थामा ब्रह्म, ब्रह्माण्ड र आत्माको रहस्यलाई जानेर त्यसलाई स्पष्ट रूपमा व्यक्त गरेका थिए। वेदमा नै सर्वप्रथम ब्रह्म र ब्रह्माण्डको रहस्यमाथिबाट पर्दा हटाएर "मोक्ष' को धारणालाई प्रतिपादित गरी त्यसको महत्त्वलाई बुझाइएको थियो। मोक्ष बिना आत्माको कुनै गति हुँदैन यसकारण ऋषिहरूले मोक्षको मार्गलाई नै सनातन मार्ग मानेका हुन्‌ भन्ने पनि शास्त्रमा उल्लेखित छ।

(उपर्युक्त विषयमा म कुनै प्रकाण्ड विद्वान नभए पनि अध्ययन गरिएका कतिपय कुराहरूलाई शब्द सारंशमा उतार्ने प्रयास गरिएको मात्र हो तर पूर्ण रूपमा दार्शनिक भएर लेखिएको होइन)

vises lekh